मादी ६ मा संस्कृति जोगाउन बाजा सहयोग
पाेखरा | साउन ७, २०८०
पोखरा: मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ ।
वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो ।
यस्तै दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए ।
‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

